नवीन अभिलाषी
दाङ, २२ माघ । देउखुरी होटल व्यवसायी समितिका महासचिब घोराही उपमहानगरपालिका वडा नं. १७ निबासी मृगौला पीडित लुटुप्रसाद पौडेलको उपचारका लागि घोराहीका विभिन्न कलेज तथा विद्यालयहरुले सहयोग गरेका छन । सोमबार मात्रै घोराहीका कलेज तथा विद्यालयहरुबाट ४४ हजार ५ सय रुपैया आर्थिक सहयोग संकलन भएको छ ।
पौडेलको छोरी शारदा पौडेलले अध्ययन गर्ने घोराहीको दाङ भ्याली कलेजका विद्यार्थीहरुले २० हजार ६० रुपैया सहयोग गरेका छन । विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर पौडेलको उपचारका लागि सहयोग गरेका हुन् । कलेजमा अध्ययन गर्ने कक्षा ११ देखि स्नातक चौथो वर्ष सम्मका कक्षाहरुका विद्यार्थीले आफ्नो साथी शारदा पौडेलको बुवा मृगौला पीडित लुटुप्रसाद पौडेलको उपचारका लागि सहयोग गरेका हुन् ।
कलेजको बि.बि.एस प्रथम बर्ष अग्रेजीबाट ८ हजार ७ सय ८५, बि.बि.एस प्रथम बर्ष नेपालीबाट २ हजार १ सय ९०, एघार एजुकेशनबाट १ हजार ७०, बि.बि.एस दाश्रो बर्ष अग्रेजीवाट ७ सय १०, विज्ञान संकाय कक्षा १२ बाट १ हजार ७ सय ४५ ब्याबस्थापन संकाय कक्षा १२ विबाट १ हजार ९०, ए बाट १ हजार एक सय, बि.बि.एस तेश्रो बर्षवाट १ हजार ३ सय ५५, ब्यबस्थापन संकाय कक्षा ११ वि बाट ९ सय २० र ए बाट १ हजार ९५ सहयोग प्राप्त भएको छ । कलेजले सोमबार विहान विद्यालयमा एक अनौपचारिक कार्यक्रमको आयोजना गरेर रकम हस्तान्तरण गरेको हो । कलेजका प्रिन्सीपल दानबहादुर केसी सहित शिक्षक विद्यार्थीहरुले सो रकम सहयोग गरेका हुन् ।
यस्तै घोराहीको मार्क कलेज परिवारले १४ हजार रुपैया सहयोग गरेको छ । मार्क कलेजको तर्फबाट ५ हजार पाँच सय रुपैया, नौलाबहादुर खड्काले ५ हजार, शंकरप्रसाद डाँगी, संजय बगाले, धनिराम न्यौपानेले एक एक हजार र यज्ञ केसीले ५ सय रुपैया गरी १४ हजार रुपैया सहयोग गरेका छन् । कलेजले पनि एक अनौपचारिक कार्यक्रम गरेर पौडेलकी छोरी शारदा पौडेललाई क्याम्पस प्रमुख शंकरप्रसाद डाँगी लगाएतका शिक्षकहरुले हस्तान्तरण गरेका हुन् ।
यसैगरी घोराहीको शान्ति निकेतनले पनि १० हजार ५ सय रुपैया सहयोग गरेको छ । कलेजका विद्यार्थीहरुले संकलन गरेको रकम उनिहरुले मृगौला पीडित पौडेलको उपचारका लागि सहयोग गरेका हुन् । विद्यालय अभिभावक संघका पुर्व अध्यक्ष समेत रहेका मृगौला पीडित पौडेलको उपचारका लागि शान्ति निकेतनका विद्यार्थीहरुले रकम सहयोग गरेका हुन् ।
सहयोग गर्न चाहने इच्छुक व्यक्तिले पीडितको श्रीमती गायत्रा पौडेलको खाता नम्वर भएको कृषि विकास बैंकमा रहेको खाता नम्वर ०९१९४००४२३५११०१४ मा रकम जम्मा गरी सहयोग गर्न आग्रह गर्नुभको छ । त्यसैगरी मोवाइल नम्वर ९८४७८२५९५५ र ९८०६२८३००० मा पनि सम्र्पक गर्न सक्नुहुनेछ ।
