इन्द्रेणी संवाददाता
दाङ, २२ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा फागुन ३ गतेदेखि घोराहीमा सञ्चालन हुने प्रदेश स्तरीय व्यापारिक तथा पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ ।
महोत्सव स्थल घोराहीको साल्डट्रेडिङ कम्पनीको मैदानमा स्टल समेत निर्माण थालिएको छ । महोत्सवमा विभिन्न करीव २ सय ३० स्टल रहने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।
स्टल निर्माणसँगै बुकिङ पनि खुल्ला गरिएको र केही स्टल बुकिङ भइसकेको महोत्सव मूल आयोजक समितिका संयोजक नारायण भुसालले जानकारी दिए ।