27711538_1129998133803823_430547904_oगोग्ली इन्जिनियरिङ कलेजमा अखिल क्रान्तिकारीको भेला सम्पन्न भएको छ । भेलाले तुफान घर्तिमगरको अध्यक्षतामा उन्चालिस ९घढ० सदस्यीय कार्य समिती चयन गरेको छ । जसका उपाध्यक्षहरुमा ताराप्रकाश वली र विशाल गिरी सचिवमा विकास सुवेदी सहसचिवहरुमा सुनिल वुढामगर र चन्द्रप्रकाश पुन कोषाध्यक्षमा लेखराज जिसी रहनु भएको छ । अखिल क्रान्तिकारी दाङ जिल्ला संयोजक जंग रोकाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अखिल क्रान्तिकारी दाङका भेला आयोजक समिती सदस्य गजेन्द्रवहादुर शाही प्रशिक्षणात्मक मन्तव्य राख्नु भने कार्यक्रमको सञ्चालन प्रदिप विष्टले गर्नु भएको थियो ।