इन्द्रेणी संवाददाता
बाँके, १९ माघ । नेकपा एमालेकातर्फबाट प्रदेश नम्बर पाँचबाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित लोकगायिका कोमल वलीले आफू राजनीतिमा प्रवेश गरे पनि गायन क्षेत्र नछोड्ने बताएकी छन् । पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपालगञ्ज आएकी वलीले राजनीतिसँगै गायन क्षेत्रलाई पनि निरन्तरता दिने बताइन् ।

komalआफू रहेसम्म गायन पनि आफूसँगै रहने उल्लेख गर्दै गायनबिना आफू बाँच्न नसक्ने बताइन् । अन्य देशमा कलाकारलाई माथिल्लो सदनमा पनि अवसर दिने गरिएको र नेपालमा पनि त्यस्तो परिवर्तन हुनुपर्ने उनको भनाइ थियो ।

आफू राष्ट्रियसभामा निर्वाचित भइसकेपछि पशुपति शर्मासँग मिलेर ‘शून्य भयो गाउँघर’ बोलको गीत सार्वजनिक गरेको बताउँदै वलीले बिमल क्षेत्रको शब्द र संगतीमा नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताइन् ।