इन्द्रेणी संवाददाता
साहित्यकार मनु ब्राजाकीको निधन भएको छ । ७५ वर्षीय ब्राजाकीको आज बिहान निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिए । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । ब्राजाकीको श्रीमती, एक छोरा र एक छोरी छन् । ब्राजाकी ‘म र तिम्री स्वास्नी’, ‘अन्नपूर्णाको भोज’ लगायतका चर्चित कथासंग्रहका लेखक हुन् । ब्राजाकी नेपाली गजल लेखनमा पनि सिद्धहस्त मानिन्थे ।












