इन्द्रेणी संवाददाता
रुकुम, १९ माघ । रुकुम पश्चिमको चौरजहारीमा सुत्केरी हुन अस्पताल गएकी आमा र बच्चाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उनको बच्चाको चौरजहारी अस्पतालमा मृत्यु भएको हो ।

dead-body-2घरमा अत्यधिक रक्तस्राव भएपछि विष्टलाई आफन्तले बिहीबार अस्पताल पु¥याएका थिए । पाँचौँ पटक गर्भवती भएकी उहाँको बच्चाले गर्भमा नै दिशा गरेपछि बिहीबार राति मृत्यु भएको चौरजहारी अस्पतालका डा सुमन राईले जानकारी दिए ।

विष्टको शरीरमा रगतको अभाव रहेको र बान्ता गरिरहेका कारण उनको उपचारमा समस्या आएको डा राईले बताए । शल्यक्रियाको तयारी गरिरहेकै बेला विष्टको मृत्यु भएको हो ।