वुटवल, १९ माघ । सरकारले तोकेको प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना भएको छ। मुख्यमन्त्रीको कार्यालयसहित अरु मन्त्रालयका कार्यालयसमेत स्थापना गरिएको छ।

officeशुक्रबार बुटवलस्थित श्रम कार्यालयका लागि बनाइएको ६ तले भवनमा मुख्यमन्त्रीको कार्यालयसहित ४ मन्त्रालय रहने छन् । भवनको चौथो र पाँचौँ तलामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहनेछ। पहिलो, दोस्रो र तेस्रो तलामा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन तथा वन मन्त्रालय रहने प्रमुख सचिव शंकर पाठकले जानकारी दिए।

यस्तै सामाजिक विकास मन्त्रालय रामनगरस्थित सीप विकास तालिम केन्द्रको प्रशासनिक भवनमा रहनेछ भने भौतिक पूर्वाधार मन्त्रालय नयाँ बसपार्कस्थित यातायात व्यवस्था कार्यालयको भवनमा राख्ने तयारी छ। माघ २१ गते मात्रै प्रदेश नम्बर पाँचको पहिलो अधिवेशन बस्दैछ ।