काठमाडौं, १९ माघ । महाराजगञ्जस्थित नेपाली सेनाको भैरवनाथ गणमा शुक्रबार बिहान प्लास्टिक ग्रिनेट विस्फोट हुँदा ४ जना सैनिक घाइते भएका छन् ।

sutali-bombबिहान पिटी खेलीसकेपछि युनिट बेसिक कोर्स चल्दै गर्दा प्रशिक्षकले प्लाष्टिक ग्रिनेटको पिन थुतेर सिकाउन खोज्दा विस्फोट भएको हो ।

प्रशिक्षकसहित चार घाइते भएको बताइए पनि उनीहरुको परिचय खुलेको छैन । सैनिक स्रोतका अनुसार, घाइते चारै जनाको अहिले वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको छ ।