इन्द्रेणी संवाददाता

आषाढ ८ मकवानपुर  । बिप्लब नेतृत्वको नेकपा माओवादीले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मकवानपुरका इन्जिनियरलाई ४५ हजार रुपैयाँ घुससहित पक्राउ गरेर अख्तियारमा बुझाएको छ ।
बुधबार सरसफाई डिभिजन कार्यालयका इन्जिनियर रमेश महर्जनलाई ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा घुससहित पक्राउ गरेको हो ।biplb
उनले देबिडाँडा खानेपानी उपभोक्ता समितिको योजनाको काम गर्दा घुस मागेका थिए ।
बिप्लब माओवादी मकवानपुरका नेता गोकुल दाहालले घुस बुझाउँदै गर्दा उनलाई पक्राउ गरिएको बताए ।
यसअघि पनि योजनाको काम गर्दा दुईपटक घुस रकम बुझाउन बाध्य भएको देबिडाँडा खानेपानी उपभोक्ता समितिका सचिव गोपाल तिमल्सिनाले बताए ।
इन्जिनियर महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौडामा बुझाइएको बिप्लब माओवादीका नेता गोकुल दाहालले जानकारी दिए ।