शान्त कुमार बुढा मगर

दाङ, ८ असार  । मंगलवार आएको अविरल बर्षाका कारण आएको वाढिले राजपुर गाविस , ९  भौवानाकामा ठुलो क्षती पुर्याएको छ । वाढिका कारण खेत वारी तथा ततवन्धन भत्काएको छ । अविरल बर्षा आए पछि आएको वाढिले भौवानाका निवासी प्रेम लाल बुढा, प्रजित पुन, कर्मजित पुनको करिब डेढ विघा मकै सहितको वारी बगाएको छ भने सोहि निवासी श्याम बहादुर झन्क्रीको वाढी रोक्न बनाएको विभिन्न चरण गरि करिब ३ लाख वरावरको ततवन्धन बगाएको छ ।

e22a65b1798fc5114371448213dc59efत्यस्तै हस्त वहादुर रु केहि मात्रमा वारि वगाएको छ । वाढिले प्रजित पुन र कर्मजित पुनको जमिन पुर्ण रुपमा वगाएको मा वि भौवाका अध्यक्ष श्याम बहादुर झक्रीले जनकरी दिनु भयो । खोलाको किनारमा ततवन्धन नहुदा त्यहाँका बस्तिहरु वर्षेनी खोलाले बगाउने गरेको छ । गत वर्ष आएको वाढिका कारण ज्ञान बहदुर रोकाको पुरै खेत वारी विद्यालयको पर्खाल र कुलो को दुर बगाएको थियो । जुन अझै सम्म बन्न नसकेको अध्यक्ष झाक्रीले वताउनु भयो ।