इन्द्रेणी संवाददाता
रुकुम, ८ असार
गत चैत्र महिना देखी अवरुद्ध भएको बिद्युत सेवा लामो समयपछि सुचारु भएपछि रुकुममा खुशियाली मनाइएको छ ।

rukumजिल्लाको बाँफिकोटमा २०४४ मा निर्माण भएको साना जलविद्युत आयोजनाका जेनेरेटर र अन्य मेसिनहरुमा खरावी आएपछि मर्मतका लागि बिद्युत अवरुद्ध भएको थियो ।

जापान सहयोग नियोग जाइकाले पुनःनिर्माणको काम सम्पन्न गरेपछि अवरुद्ध विद्युत सेवा सुचारु भएको हो । जापान सहयोग निकाय जाइकाले रुकुमेली बिद्युत उर्जा विकास समितिलाई हस्तान्तरण भने गरेको छैन ।

चार महिना सम्म अवरुद्ध भएको बिद्युत सेवा सुचार भएपछि रुकुम सदरमुकाम मुसिकोट लगाएतका आठ गाबिसका उपभोक्ताले खुसी मनाएका छन् । अनियमित बनेका कार्यालयका दैनिक कामकाज तथा रेडियो, पत्रपत्रिका समेत नियमित बनेका छन् ।

जिल्लाको स्यार्पू दह साना जलविद्युत आयोजनाको पुनःनिर्माणका लागि काम सुरु भएपछि जिल्लाका आठ गाविसका सर्वसाधारण चार महिना अन्धकारमा वस्न वाध्य थिए ।।