घोराही,७ असार । अन्तराष्टिय योग दिवसका अवसरमा जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु भएका छन । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एव राजयोग प्रशिक्षण केन्द्र घोराहीको आयोजनामा घोराहीमा योग शिविर तथा शान्ति र शिक्षा महत्व विशेक प्रशिक्षण कार्यक्रम गरेको छ ।
ब्रह्मकुमारी विश्वविद्यालयमा भएको कार्यक्रममा नियमित प्रशिक्षकहरुसँगै,व्यवसायी,नागरिक,वकिल,पत्रकार,विद्यार्थी,शिक्षक लगायतको सहभागिता रहेको थियो । केन्द्रले विहान,दिउँसो र साँझ गरि तीन चरणमा कार्यक्रम गरेको थियो । त्यस्तै अन्तराष्ट्रिय योग दिवसका अवसरमा तुलसीपुरमा समेत कार्यक्रम गरिएको छ । तुलसीपुरमा आयोजना गरिएको नेपाल सस्कृत विश्व विद्यालयका उपकुलपतीे कुलप्रसाद कोईरालाले चित्त शुद्धिगर्ने एकमात्र माध्यम योग भएको बताउनु भएको छ । चित्तशुद्धी गर्ने पद्धती र प्रणालीको रुपमा योग बिश्वभर बिकसीत हुदै गएको कोइरालाले बताउनुभएको थियो ।
अन्तराष्ट्रिय योग दिवसको अवसरमा मंगलवार तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उपकुलपती कोइरालाले योगका माध्यमले सरिरलाई तन्दुरुस्त राख्न सकिने बताउनुभएको थियो । योग र भोगले कुनै पनि आस्थालाई परिर्बतन नगर्ने समेत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दिपक काफलेले स्वस्थ्य सरिरका लागि प्रत्येक नागरिकहरुलाई योग आवश्यक रहेको बताउनुभएको थियो । योगले स्वस्थ्य शरिरसँगै मस्तष्क ,स्वस्थ बिचार र सकारात्मक सोचको विकास गर्ने बताउनुभएको थियो ।
पतजंली योग जिल्ला कार्य समितीका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा योग साधकहरुले बिभिन्न योगकला प्रश्तुत गर्नुभएको थियो । कार्यक्रममा पताञ्जलीमा बिशेष योगदान पु¥याउने प्रशिक्षक तथा अन्य ब्यक्तिहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । प्रभारी दीपक बस्याल,पताञ्जली जिल्ला उपाध्यक्ष उदय बहादुर डागी,ब्रमहकुमारी तुल्सीपुका सावित्रा दिदी,अंचल प्रभारीहरु देबराज आचार्य,सारदा पोख्रेल,अंचल सल्लाहकारहरु भोलानाथ योगी,डा.प्रदीप योगी,डा.लोकराज पराजुली लगायतकाले योगको महत्वका बारेमा बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला प्रभारीका लक्ष्मी वलीले गर्नुुभएको थियो ।कार्यक्रम पूर्व तुलसीपुरमा ¥याली समेत निकालिएको थियो ।