
घर पल्तिरको सिमलको रुख लाई चोर औलाले देखाउदै चन्द्रेले भन्यो ‘ सबै भाग लाग्छ तर त्यो सिमलको बोट काटिने पनि छैन र कसैलाई भाग लाग्ने पनि छैन । मन्जुर छौ नि सबै जना ? ’
चन्द्रेका तिन भाई मध्य कान्छा कि स्वास्नी दिपा लाई रुख भाग नलाग्ने कुरा चित्त बुझेको थियन तर जेठाजुको अगाडी धेरै कराउनु पनि भयन । त्यसैले पनि उ मुन्टो तलतिर पारेर बसि । चन्द्रेको अफर कुनै भाई लाई पनि मन परेको थियन , मन नपरेपनि बोल्ने हिम्मत कसैमा थियन ।
घर फाटदा हुने पिडा मात्र चन्द्रे लाई महसुस भयको थियो , किन भने अरु भाई आफ्नो भागको सम्पती लियर शहरमा बसाई सर्न चाहन्थे तर चन्द्रे यो गाँउ छाडेर जाने पक्षमा थियन ।
बडेमानको सिमलको रुख नबाडिने भयसी चुपचाप अबस्था लाई चिर्दै चन्द्रे ले फेरी सबै भाई लाई सोध्यो ‘ गाउँ छाडेर जाने मन भयकाहरु किन सिमलको बुटामा रोकियौ ? सम्पती जति छ सबै भाग लगाउछु तर यो सिमलको रुखमा ¥याल ननिकालौ । ’
चन्द्रेको कु्रा कान्छाको ससुरा कमल प्रसाद लाई मन परेनछ सायद । सामान्य खोक्दै बोले ‘ रुखमा हक त सबै भाईको लाग्छ तर् किन नबाडने भन्नुहुन्छ ? ’
घरायसी मामलामा बाहिरको मान्छे बोलेको चन्द्रेलाई मन परेन । कान्छो तिर फर्किदै चन्द्रेले भन्यो ‘ हामी भाई भाई बिच सल्लाह भैराको छ , बिचमा प्याच्च नबोलेकै राम्रो । ’
आफ्नो बाउँलाई पेलेर बोलेको दिपालाई मन परेन , धोतीको सप्कोले टाउको छोप्दै भनि ‘ रुखमा अधिकार सबै भाईको बराबर छ । फेरी किन नबाडने त ? कि काटेर बाडने कि त मुल्याङ्गक गरेर हिसाब बराबर गराउने । कसैलेपनि एक्लै राख्न पाउदैन त्यो रुख । ’
दिपाको कुरामा कान्छोले पनि थप्यो ‘ ठुल्दाई , रुख पनि भाग लगाम । बाँको सम्पती मा सबै छोराको हिसाब बराबर भाग लगाम ,कसैको मन नदुखोस । ’
चन्द्रे लाई धेरै बोल्न मन थियो तर उसको गला अबरुद्य जस्तै भयो । घर फाटदा जम्मा भयका छर छिमेकी ले पनि ईतीहास रचेको त्यो रुख नकाटने सल्लाह सबै भाई लाई दिय । छर छिमेकीको सल्लाहमा माईली बुहारी पार्बती ले भनि ‘ रुख नकाटने भय दाई ले बराबरको हिसाब लायर पैसा दिनुहुन्छ सबै लाई । ’
यो पटक चै चन्द्रेले रिसायरै सबैलाई हे¥यो , रिसाहा बाघ जस्तै देखियको चन्द्रेले माईली लाई हकार्दै भन्यो ‘ धनी बन्नका लागी त्यो रुख नबाडौ भनेको होईन । त्यो हाम्रा बाँको निसानी हो । त्यो रुखलाई बिहान बेलुका हेर्दा बाँको झझल्को आउछ , त्यसैले म बाच्दा सम्म त्यो रुख काटन दिदैन । ’
चन्द्रेको कुरा उसका भाईलाई नै मन परेन , झन बुहारीहरु लाई मन पर्ने कुरै भयन । माईलो ले आफै भन्यो ‘ उसोभा हिसाब गरेर हाम्लाई पैसा दिनुस , तपाई रुख राख्नुस । ’
माईलोको कुराले चन्द्रेलाई निक्कै पिर परेछ क्यारे , आँसु खसाल्दै भन्यो ‘ मैले भन्दा राम्रो कमाउने तिमीहरु छौ । उ बेला बाँ को अभाब भाईहरुमा नपरोस भनेर कुनै कुराको कमि हुन दियन । आफु अनपढ भय तर तिमीहरु लाई शिक्षीत बनाय । आज एक रुखको हिसाब माग्दैछौ ? ठिकै छ ,म पैसा त तिर्नै सक्दैन तर जुन दिन म मरेर जान्छु त्यो दिन आफै आयर यो रुख काटनु अनि भाग लगाउनु । मेरो भाग मा केही दिनु पर्दैन । ’
उ जति रोय पनि भाई बुहारीहरुको मन पग्लीने वाला थियन । उल्टै कान्छो ले आरोप लगाउदै भन्यो ‘ पाँच कक्षामा पाँच पटक फेल लाजले पढाई छाडनु भयको थियो , हाम्ले नपढनु भन्या हो र । ’
बाँ ले रोपेको रुखका लागी भाई भाई बिच अंश बंडामा बिबाद देखीय पछि छर–छिमेक का मान्छे पनि घर तिर लागे । चन्द्रे रुख बचाउने मा थियो भने अरु भाई रुखको पनि भाग खोज्दै थिय । बुहारीहरु कुनै पनि हालतमा रुख छाडनु हुदैन भन्ने पक्षमा थिय ।
आजको काम सकियो , चुलो तिन वटा बल्न थालेको करिब एक बर्ष नै भयको थियो तर आज पनि अंशबंडा भयन । माईली र कान्छी ले जेठाजु लाई भाई मार्ने अपराधी भन्ने आरोप लगाउदै आफ्ना आफ्ना घर तिर लागे । चन्द्रे तनाब कम गर्ने औषधी तान्न पल्लो टोलमा भयको भट्टी तिर लाग्यो ।
बेलुका फिटान भयर आयको चन्द्रे लाई उसकी श्रीमती देबी ले सम्झाउदै भनि ‘ छोरा जस्तै माया दियर पालेका भाईहरु ले जाबो एक रुखका लागी बाउँ समान दाजु को कुरा मान्दैन्न भने किन लडनु प¥यो त्यै रुखका लागी भाई हरु सँग । भो बाडी दिनुस त्यो रुख पनि , भाई ठगेको भनाई खानु छैन हाम्लाई । ’
लागेको रक्सी ले पिडा भुलाउने कोसीस गरेको चन्द्रे फेरी स्वास्नीले तिनै कुरा निकालेपछि निकै चिन्तीत भयो । भोक छैन भन्दै बिस्तारामा पल्टियो , भाई माथी लगायको गुन सम्झिदै आँसु बिस्तारामै खसाल्यो ।
भोली पल्ट फेरी भाईहरुको आग्रहमा छर–छिमेक आय , चन्द्रे रातभरको अनिदो ले आँखा सुन्नायर बसेको थियो । गाँउकै जेठो बाठो मान्छेको नाताले जिम्माल बाजे ले चन्द्रेलाई सुटुक्क भने ‘ सिमलका लागी भाई ठगुवा नबन , जे जे माग्छन दे । तलाई भगवान ले हेर्छन । ’
उता स्वास्नीले पनि सिमलका लागी भाई ठग नबन्ने सल्लाह र यताँ जिम्माल बाँजे ले पनि उस्तै सल्लाह दियपछि चन्द्रे केही बोल्ने अबस्थामा थियन । सबै भाईहरुको अनुहारमा एक पटक राम्रै सँग हे¥यो , सबै रुख पाउनेमा आशाबादी जस्तै थिय । गाउँकै सान बनेर बर्षौ देखी ठडीयको त्यो सिमल काटेर भाग लगाउनुको बिकल्प उसले देखेन । त्यो सिमलमा आरा बन्चरो चल्दा आफ्नै मृत बाउँ माथी आरा बन्चरा चलेको महसुस उसले गर्ने वाला थियो तर उसलाई जस्तै चोट लाग्ने उसका भाईहरु थियन्न । उनिहरु लाई त चाहियको थियो त्यो सिमलको हिसाब ।
खेतमा बर्षौ अघि लागेका आली भत्काईए , नयाँ आलि लगाईए । बाउँका पालामा बनेको कुलो ले नयाँ स्वरुप पायो , एकातिर बाट बग्ने कुलो तिन तिर बाट बग्ने बनाईयो । मिलेको बारी लाई चिरा चिरा पारेर तिन भाग लगाईयो अन्न खान पुग्ने बारी तिन भाग लाग्दा घडेरी जस्ता साना टुक्रा मात्र बचे । रुख बृेच्न गाउँ भरी उर्दी लगाईयो ।
भाईहरुलाई पैसा तिरेर सिमल बचाउने हैसियत चन्द्रेको थियन नत्र बाउँको सम्झनाकै लागी भयपनि त्यो रुख आफै सँग राख्ने थियो । बाउँ पछाडीका अभिभाबक हुन भनेर भाईहरुले पनि दाई लाई त्यो रुखको जिम्मेवारी दियन्न । भाग लागेको भोलीपल्टै रुखको मोल गर्न जिम्माल बाँजे चन्द्रेको घरमा आय ।
चन्द्रेलाई थाहा भैगो , रुख पनि बाडन सिकाउने जिम्माल बाजे को लोभ कहाँ निर रहेछ भन्ने कुरा । भाई फुटे ,गँवार लुटे भन्ने उखानको गतिलो उदाहरण जिम्माल बाँजे ले देखाईदिय । नगद पैसामा किन्छु भन्दै चन्द्रेका घरमा आयका जिम्माल बाँजे लाई रुखको मोल उनै भाईहरु सँग गर्न सिकायो ।
घर बाडीदा पराई ले लुटन सक्ने अबसरको सिकार भयो चन्द्रै तर दोष उनिहरुलाई दियन जस्ले लुटे । दोष त आफ्नैको थियो , जो आफ्नै भयर पनि पराई बन्न खोज्दै थियो ।
