इन्द्रेणी संवाददाता
दाङ, ६ माघ । दाङलाई प्रदेश नम्बर पाँचको राजधानी नतोकेको विरोधमा गएको मंगलवार घोषणा गरेको अनिश्चितकालीन दाङ बन्दका कारण आज शनिवार पनि दाङ ठप्प छ ।

andolanबन्दका कारण जिल्लामा यातायातका साधन सञ्चालनमा आएका छैनन् भने व्यपार व्यवसाय ठप्प छ । आन्दोलनकारीले सडकमा उत्रिएको लामो समय वितिसक्दा पनि सरकारले आफ्नो माग सुनुवाइ नगरेका भन्दै आजदेखि आन्दोलनलाई पूर्व–पश्च्चिम राजमार्ग केन्द्रीत गरेका छन् । शुक्रवार रातिदेखि नै राजमार्ग क्षेत्रमा आन्दोलनकारी सडकमै टेन्ट टागेर वसेका छन् ।

जिल्लाका विभिन्न बजार क्षेत्रमा आन्दोलनकारीले टायर वालेर विरोध जनाइरहेका छन् । उनीहरुले रुपन्देही तोकिएको प्रदेश नम्बर पाँचको अस्थायी मुकाम निर्णय सच्याएर दाङ तोकिनुपर्ने माग राखेका छन् ।