इन्द्रेणी संवाददाता
दाङ ५ माघ । देउवा नेतृत्वको सरकारले प्रदेश राजधानी अपायक स्थानमा तोकेको भन्दै नेकपा माओवादीका प्रभावशाली नेता तथा दाङ क्षेत्र नं २ प्रतिनिधि सभाका सदस्य कृष्णबहादुर महरा सडक आन्दोलनमा सहभागी हुने भएका छन ।

५ नम्बर प्रदेशका आम जनता हरुलाइ अपायक पर्ने स्थानमा सिमित ब्यक्तिको ब्यक्तिगत स्वार्थ सिद्धका लागि प्रदेशको कुनामा लागेर प्रदेश राजधानी तोकेको भन्दै असन्तुष्ट भइ कडा आन्दोलनमा उत्रेका दङ्गाली जनतालाई सम्बोधन गर्न महरा भोलि ६ गते लमहीमा आउने माओवादी केन्द्रले जनाएको छ ।

राजधानी तोकेपछी असन्तुष्ट भएका दाङका जनताले गरेको राजमार्ग केन्द्रित आन्दोलन लाई नेता महराले भोलि दाङको लमहीमा सम्बोधन गर्ने र थप आन्दोलनको स्वरुप बारे नयाँ निर्णय गर्ने संयुक संघर्ष समितिले जानकारी दिएको छ ।