काठमाण्डौ ५ माघ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

आयोग प्राङ्गणमा आज आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उहाँहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो । प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो । समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित हुनुभएको हो ।