इन्द्रेणी संवाददाता
काठमाडौं, ४ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू मनपरी प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेको बताएका छन् ।
थाइल्याण्डमा स्वास्थ्य उपचार गराएर बिहिबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यो सरकारले नियुक्त गरेको प्रदेश प्रमुखका साथै प्रदेशको अस्थायी राजधानीबारे वाम गठबन्धनको समर्थन नरहेको समेत बताए ।
‘ अहिले तोकिएका प्रदेश र राजधानीको र प्रमुख प्रति हाम्रो सहमति छैन ’, ओलीले भने, ‘ मनपरी ढंगले सरकारले प्रदेश राजधानी र प्रमुख तोक्ने काम गरेको छ ।’
सरकारले सात प्रदेशमा तोकेको प्रमुृखको विषमया नयाँ सरकार बनेपछि पुनर्विचार हुने पनि उनले बताए । अहिले तोकिएका केन्द्र प्रदेशसभाको दुई तिहाई मतले जनअपेक्षा अनुसार नै परिवर्तन गर्न सक्ने भएकाले अहिले आन्दोलन गर्नुको कुनै अर्थ नभएको ओलीले स्पष्ट पारे ।











