इन्द्रेणी संवाददाता
दाङ, ४ माघ । करीव रु. १५ करोड लगानीमा दाङको घोराहीमा सञ्चालन भएको होटल माला इनको आज औपचारिक उद्घाटन भएको छ । उद्घाटन कर्णबहादुर महराले गरेका हुन् ।

opning mala Innहोटेल राप्तीमै ठूलो लगानी र आधुनिक र सुविधा सम्पन्न होटल माला इन व्यवस्थित र सुविधा सम्पन्न ५१ वटा कोठा, चार वटा कार्यक्रम हल, लिफ्टलगायतका व्यवस्था रहेको प्रालिका अध्यक्ष ओविन्द्रबहादुर महराले बताए । होटलको भौतिक पूर्वधार निर्माणमा करीव १५ करोड लगानी छ ।

होटलमा विभिन्न स्वदेशि तथा विदेशी खाना तथा परिकारको व्यवस्था भएको प्रालिले बताएको छ । अण्डर ग्राउण्डसहित ६ तलाको रहेको उक्त होटलमा रोम चार्ज न्यूनतम दुई हजारदेखि अधिक्तम सात हजारसम्म रहेको छ । होटल करीव ६ कट्टामा निर्माण भएको छ ।

3होटल राप्तीकै सुविधा सम्पन्न भएकाले यसलाई ‘थ्री’ स्टारका लागि निवेदन दिएको बताउदै अध्यक्ष महराले होटलले सबै मापदण्ड पूरा गरेकाले सो को मान्यता पाउने विश्वास व्यक्त गरे ।