इन्द्रेणी संवाददाता
सल्यान, ७ असार
आफ्नो पार्टीका जिल्ला सहसेक्रेटरी लोकपाल केसीको रिहाइको माग गर्दै विप्लव माओवादीले सल्यानमा पनि प्रर्दशन गरेको छ । सल्यानका विभिन्न ठाउँमा एनसिएलमा भएको आजगनीमा संलग्न रहेको भन्दै माओवादीका नेताहरुलाई खोजिरहेका बेला अखिल नेपाल महिला संघ क्रान्तिकारीले नै प्रदर्शनको नेतृत्व गरेको थियो । maoist-women-ryali

माओवादीका जिल्ला स्तरका नेताहरुलाई प्रहरीले निगरानी गरिरहेको बेला महिलाहरु आफ्ना नेताको रिहाइको माग सहित लागेका छन ।

लोकपाल केसी लगायत सम्पूर्ण बन्दिको रिहाइ गर, झुट्ठा मुद्दा खारेज गर, राज्य आतंक बन्द गर भन्ने नारासहित खलंगाको बसपार्क बाट नेपाल बैक हुदै प्रशासनिक इलाकाहरुलाई घेरेर बसपार्कमा पुगेपछि भएको कोणसभालाई संगठनकी केन्द्रिय उपाध्यक्ष सम्झना घर्तीले सम्बोधन गरेकी थिइन ।

कोणसभालाई सम्बोधन गर्दै उनले आफुहरुको दुश्मनी भ्रष्टाचारीसंग मिलेर राज्यलाई घाटा पुराउदै तस्कर गरिरहेका संग भएको भन्दै भ्रष्ट तथा तस्करलाई सहयोग नगर्न कर्मचारी र प्रशासनलाई अनुरोध गरेकि छन । जसले भ्रष्ट तथा तस्करी गर्छ उनिहरुलाई संरक्षण गरेर सरकारले तिनका विरुद्ध लाग्नेलाई खोजिखोजी गिरप्तारी गरिरहेको भन्दै त्यस्तो हर्कत तत्काल नरोके कडा संघर्षमा जाने बताउदै घर्तीले जनताका सम्पूर्ण अधिकारी लुटिएका बेला संघर्षमा जान सबै देशभक्तीमा अनुरोध गरेकी छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै संगठनकी केन्द्रिय सदस्य हेमन्ता बुढाथोकीले आफ्नो आन्दोलन दलाल तस्करसंग हुने भएकाले त्यसमा साथ दिन अपिल गरेकि थिइन । सल्यानमा रहेका माओवादी कार्यकर्तालाई प्रहरीले खोजिरहेका बेला माओवादीको भातृ संगठनमा आवद्ध महिलाहरुले सल्यानमा प्रदर्शन गरेका छन । कार्यक्रममा अनेमासंघ क्रान्तिकारी सल्यानकी अध्यक्ष श्रृजना गिरी लगायत जिल्ला समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।

विप्लव माओवादीले सरकारलाई दिने करोडौं कर छलि गरेको भन्दै माओवादीले एनसिएल विरुद्धको गतिविधि बढाइरहेको छ । सल्यानमा सोहि आरोपमा माओवादीका सहसेक्रेटरी लोकपाल केसीलाई असार १ मा प्रहरीले नियन्त्रणमा लिइको छ । विरामी भएर घरमा बसेका लोकपाल केसीलाई प्रहरीले हिरासतमा राखेको माओवादी र उनको पारिवारिक स्रोतले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेको लोकपाल उच्च रक्तचापका कारण अहिले पनि जिल्ला अस्पताल सल्यानमा उपचारमा छन ।।