इन्द्रेणी संवाददाता
सुनसरी, असार ७ ।
सोमबार रातीदेखी परेको अविरल बर्षाका कारण सुनसरीको इटहरी बजार डुवानमा परेको छ । स्थानीय टेग्रा खोला इटहरी ८ स्थित बस्तीमा पस्दा घरहरु डुवानमा परेका हुन ।
टेग्रांखोलामा आएको बाढीले इटहरीको साथी पेट्रोल पम्प नजिकबाट बाँध भत्काएर बस्तीमा प्रवेश गरेको हो । बाढीका कारण दुई जनाको मृत्यु भएको छ ।
घर अगाडीको पैनीमा डुवेर इटहरी ४ का ६६ बर्षिय राम बहादुर बराईली र इटहरी २२ लविपुरमा गाउँ डुवाएको हेर्न घरको छतमा चढेका ५० बर्षिय भानुभक्त तिम्सिनाको करेण्ट लागेर ज्यान गएको हो ।
इटहरी उप–महानगरपालिका घोषणा भए पनि यहाँको खोला र ढल निकासको उचित व्यवस्थापन नहुँदा हरेक बर्ष इटहरी जलमग्न हुने गरेको छ ।
अहिले अविरल बर्षाका कारण इटहरीका १, ७, ८ र ९ नंम्बर वडामा बाढी पसेर करिब ६ सय बढी घरहरु डुबानमा परेका छन ।
इटहरी ८ को बाँध निर्माणका लागि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बालुवा बोरामा हालेर बाँध बनाउने काम भइरहेको छ ।।
