इन्द्रेणी संवाददाता
दाङ, ७ असार
नेपालको पूर्वी क्षेत्रमा सोमवार रातिदेखी परेको अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।
मंगलबार बिहान कोशीब्यारेजमा १ लाख २६ हजार ८३० क्युसेक पानी मापन गरिएको छ । ब्यारेजका ५६ मध्ये २० ढोका खोलेर पानीलाई निकास दिइएको छ ।
अविरल वर्षा भइरहेकाले पानीको बहाव अझै बढ्ने प्रहरी उपरिक्षक पोषराज पोखरेलले बताए । इटहरी पूर्वमा रहेको टेंग्रा खोला साथी फ्यूल सेन्टर नजिकबाट पश्चिम तिरको गाउँमा पस्दा स्थानीय प्रभावित बनेका छन् ।
सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले बाढी नियन्त्रणको प्रयास गरिरहेका छन् । लगातारको वर्षातको कारण बाढी नियन्त्रणमा समस्या आइरहेको छ ।।