इन्द्रेणी संवाददाता
काठमाडौं ३ माघ । मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजको बैठकले प्रदेशको राजधानी र प्रमुखको नियुक्ति गर्ने विश्वास गरिएको छ । प्रधानमनत्री शेरबहादुर देउवा निकटहरुका अनुसार सरकारले भागबण्डामा प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी गरेको छ ।
प्रदेश प्रमुखको नियुक्ति नहुँदा निर्वाचन आयोगले मतपरिणाम घोषणा गर्न सकेको छैन ।यस्तै प्रदेश सांसदहरुले सपथ नलिई राष्ट्रियसभाको निर्वाचन गर्न समेत संवैधानिक रुपमा अड्चन रहेको छ ।










