इन्द्रेणी संवाददाता

३ माघ, काठमाडौं । प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने भन्दै केहीबेर अगाडी बसेको मन्त्रिपरिषदको बैठक बिनाकुनै निर्णय सकिएकोछ । प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने बिषयमा सहमति जुट्न नसक्दा मन्त्रीपरिषद् बैठक विना निष्कर्ष टुंगिएको हो । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठक दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको हो ।