इन्द्रेणी संवाददाता
दाङ, ३ माघ । सरकारले प्रदेश नम्बर पाँचको अस्थायी मुकाम लुम्विनी क्षेत्रमा तोक्ने तयारी गरेपछि दाङलाई नै अस्थायी मुकाम तोक्नुपर्ने माग गर्दै आजदेखि अनिश्चितकालिन दाङ बन्द गरिएको छ ।

banda 22प्रादेशिक राजधानी सरोकार समितिले दाङलाई नै अस्थायी मुकाम तोक्न माग गर्दै अनिश्च्तिकालिन बन्द गरेको हो । बन्दले गर्दा यहाँको यातायात, बजार, कलकारखाना, शैक्षिक संस्था ठप्प छन् ।

26913357_10210724985232606_742918840_nविहानै देखि स्थानीयहरु दाङलाई प्रदेश नं. ५ को अस्थायी मुकाम तोक्न माग गर्दै सडकमा उत्रिएका छन् । विहान दाङको घोराही, तुलसीपुर, लमहीलगायतका मुख्य बजारहरुमा प्रदर्शण पनि गरिएको । दाङ प्रदेश नम्बर पाँचको राजधानीका लागि उपयुक्त भएकाले यहाँ नै मुकाम तोकिनुपर्ने दाङवासीले दावी गर्दै आएका छन् ।

26857326_10210725118795945_1822612461_n