इन्द्रेणी संवाददाता
दाङ, २३ पुस । दाङको टरिगाउँ विमानस्थलमा आज फेरि जहाज आएको छ । विभिन्न कारणले लामो समयदेखि उडान बन्द रहेको उक्त विमानस्थलमा आज फेरि समिट एयरको विमान अवतरण भएको हो ।
केही दिन अघि टरिगाउँ विमानस्थलमा हवाइ सेवा नियमिति गर्ने भनेका उपप्रधानमन्त्री कृष्णबहादुर महरासहित आज विमान अवतरण भएको हो । विमान अवतरण भएपछि तुलसीपुरवासीले महरा र तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, विमान चालकलगायतलाई भव्य स्वागत गरेका छन् ।
सो अवसरमा उपप्रधानमन्त्री महराले अहिले तत्कालका लागि काठमाडौं–तुलसीपुर, तुलसीपुर–काठमाडौं साताको दुई दिन उडान हुने बताए । उनले चाइनाबाट नेपाल वायुसेवा निगमको विमान आउन लागेको भन्दै अबको दुई महिनापछि दैनिक उडान हुने बताए ।