काठमाडौं, १३ पुस । नेपालमा चिनीयाँ लगानीकर्ताको आकर्षण वढ्दै गएको छ । सोही क्रममा नेपालमा सिमेण्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेण्ट नारायणी प्रालिबीच बुधवार प्रारम्भिक सम्झौता भएको छ ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीकातर्फबाट समुन्द्रपार विकास निर्देशक ल्यू च्याङ्बोले प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर गरेको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए ।
लगानी बोर्डले उक्त कम्पनी स्थापना गर्नका लागि १५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको थियो । उक्त कारखानाबाट पहिलो चरणमा तीन हजार टन सिमेण्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
धादिङको पानीखर्कमा चुनढुङ्गा खानी उत्खनन गर्न अनुमति दिइएको छ । उक्त कम्पनीले नेपाल सरकारलाई ६० करोड भुक्तानी गरी खानी प्राप्त गरेको हो ।