इन्द्रेणी संवाददाता
दाङ, १२ पुस । पैसा कमाउनका लागि नेपालबाटै दैनिक हजारौं नेपाली विदेशिरहेका छन् । तर दाङमा एक जनाले विदेशकै कमाइको झल्को दिने गरी व्यवसायिक उखु खेती गरेका छन् ।

sugarcanरुकुम बाँफिकोटका मनराज वाँठाले दाङको घोराही बजार नजिकै सात विगाह जमिन लिजमा लिएर व्यवसायिक उखु खेती शुरु गरेका हुन् ।केही वर्ष पहिले १६ कट्टाबाट शुरु गरेका बाँठाले अहिले सात विगाह क्षेत्रफलमा विस्तार गरेका छन् । उनले उखु विक्री गरेर वार्षिक ५० देखि ६० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनले दैनिक ५ देखि सात हजारसम्मका उखु विक्री गर्ने गर्दछन् ।

आफूले आम्दानी मात्रै होइन वाँठाले २० देखि २५ जनालाई रोजगारी पनि दिएका छन् । उखु खेतीबाट आफू सन्तसष्ट भएको वाँठा बताउछन् ।
धेरै वर्ष शिक्षण पेशालाई अङ्गाले पनि त्यसबाट सन्तुष्ट नभएपनि व्यवसायिक रुपमा उखु खेती गरेको उनी बताउछन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १७ गैरागाउँमा रहेको उनको यो व्यवसायिक उखु खेतीको बजार घोराही, लमही, तुलसीपुरलगायतका जिल्लाका मुख्य बजार नै हुन् ।