इन्द्रेणी संवाददाता
दाङ, ११ पुस । दाङका बजार क्षेत्रको एउटा जटिल समस्याका रुपमा रहेको छाडा चौपाए हो । यसलाई नियन्त्रण गर्न यहाँका नगरपालिकाले धेरै पहल गरे । तर नियन्त्रण हुन सकेको छैन ।
दाङको घोराही नगरपालिकाले बजार क्षेत्रका छाडा चौपाया कहिले आफ्नो कान्जी हाउसमा थुन्यो त कहिले ट्रकमा हालेर रिहारको जंगलमा छोडेर नियन्त्रण गर्ने प्रयास ग¥यो । तर यो अभियानमा सफल भएन ।
अहिले घोराही उपमहानगरपालिकाले फेरि अर्काे प्रयास गरेको छ । छाडा चौपाया नियन्त्रणबाट आजित भइसकेको घोराही उपमहानगरपालिकाले कृषि सहकारी संस्थालाई जिम्मा दिएर फेरि प्रयास शुरु गरेको छ । उपमहानगरपालिका १२ हापुर बिजौरीमा रहेको स्वस्तिक कृषि सहकारी संस्थाले छाडा गाईगोरुहरुको जिम्मा लिने गरी प्रकृया सुरु गरिएको हो ।
मंगलबार उपमहानगरपालिकामा दुबै पक्षबीच भएको पहिलो चरणको छलफलबाट अबको दश दिनभित्र सहकारी संस्थाले छाडा गाईगोरु पालन सम्बन्धी बिस्तृत योजनासहितको प्रस्ताव ल्याउने सहमति भएको छ ।










