दाङ ६ पौष । प्याब्सन घोराही नगर समितिको पहिलो बैठक बिहीबार सम्पन्न भएको छ । समितिका संयोजक पोषण न्यौपानेको अध्यक्षता तथा प्याब्सन दाङका अध्यक्ष यादव गिरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ ।
समितिको सचिवमा खगेश्वर पौडेल तथा आर्थिक विभाग प्रमुखमा मानसिंह घर्ती मगरलाई चयन गरेको छ । साथै नगर समितिको सुचना विभाग प्रमुखमा आदिम के।सी।लाई चयन गरिएको छ । यही पौष ८ गते हुने हाजिर जवाफ प्रतियोगिताको पहिलो चरणको कार्यक्रमका लागि खगेश्वर पौडेललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
बैठकमा यही पौष २२,२३ र २४ गते हुने प्याब्सन दिवसलाई भव्य र सभ्य रूपमा सफल पार्नका लागि नगर समितिले जिल्ला प्याब्सनसँग सहकार्य गरी कार्यक्रम गर्ने निर्णय गरिएको छ । बैठकमा प्रमुख अतिथि यादव गिरी तथा नगर सदस्यहरू पिताम्बर शाह, शर्मीला योगी, सन्तोष रेग्मी, सूर्यबहादुर रावत, ऋषि सुवेदी लगायतले धारणा व्यक्त गर्नुभएको थियो ।