टार्जन खड्का
घोराही, ७ पुस । देशमा तीन तहको निर्वाचन सम्पन्न भए संगै राजनीतिक संक्रमणकालको अवस्था अन्त्य भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोडदिएकाछन् । विहिबारकोदिन घोराही २, रामपुरमा हरप्लेस दाङले आयोजना गरेका संक्रमणकालिन न्याय सम्वन्धि अन्तरक्रिया कार्यक्रम बोल्ने बक्ताहरुले यस्तो कुरा बताएका हुन । देशमा स्थानिय तह, प्रतिनीधि सभा र प्रदेश सभा लगायत निर्वाचन सम्पन्न भए संगै संविधान कार्यान्वयनमा आएकाले संक्रमणकालको पनि अन्त्य भएको तर्क गरिएकोथियो ।
कार्यक्रममा राजनीति संक्रमणकालको अवस्था अन्त्य भएपनि द्धन्दपीडितहरुले भने बास्तविक न्याय नपाएको बताएकाथिए । कार्यक्रममा घोराही उपमहनगरपालिका वडा नं. २ का वडा अध्यक्ष केशबराज आचार्यले देशमा संक्रमाणकालको अन्त्यसंगै देशमा दिगो विकास कायम हुने कुरामा जोडदिनुभएकोथियो । घोराही उपमहानगरपालिका २ वडालाई समृद्ध बनाउन संगै यहाँ नागरिकहरुलाई सेवा सुविधामा सहज बनाउनका लागि आफुहरुले लागिरहेको बताउनु भएकोथियो । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका वडा अध्यक्ष आचार्यले द्धन्दपीडितहरुको लागि विशेष कार्यक्रम नभएता पनि लक्षित बर्गहरुको कार्यक्रममा द्धन्दपीडितहरुलाई समावेश गरि न्यायको अनुभुति दिलाउने बताउनुभयो ।
`द्धन्दपीडितहरुको लागि सीपमुलक तथा आयअर्जन सम्वन्धी तालिमका लागि घोराही उपमहानगरपालिकाबाट दुइ लाख बजेट छुत्याएको जानकारी गराउदै आचार्यले आगामी वर्षमा घोराही २ का द्धन्दपीडितहरुको लागि शिेष बजेट छुत्याउने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । संक्रमणकालिन न्या तथा शान्ति मञ्च साविक रामपुरका संयोजक तुलसीपराम पोख्रेलको अध्यक्षतामा तथा घोराही उपमहनगरपालिका वडा नं. २ का वडा अध्यक्ष केशबराज आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा, वडा सदस्य टार्जन खड्का, हरप्लेस दाङका जिल्ला कार्यक्रम संयोजक विनोद केसी, स्थानिय शान्ति समिति साविक रामपुरका पुर्व संयोजक मेघबहादुर खड्का, ग्रामिण महिला उत्थान केन्द्रका भिमकान्त चौधरी, द्धन्दपीडित ऋषिराज सुवेदी, अम्मराज पोख्रेल, लेखा अधिकारी, लगायतले बोल्नुभएकोथियो । कार्यक्रमको सहजिकरण हरप्लेस दाङका सन्तोष दहितले गर्नुभएकोथियो ।