काठमाडौं, ६ पुस। मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधि सभा चुनावमा पार्टी एकतासहित गठबन्धन गरेको नेकपा माओवादी केन्द्र र नेकपा एमालेविच पार्टी एकताका विषयमा छलफल गर्न शुक्रबार एकता संयोजन समितिको बैठक बस्ने भएको छ । बैठकले पार्टी एकताकाबारे ठोस निर्णय गर्ने बताइएको छ ।

Kp-Prachandएमाले माओवादी दूबैले पार्टी एकताका विषयमा आ–आफ्नो पार्टीभित्रको आन्तरीक छलफललाई तीब्रता दिएका छन् । माओवादी केन्द्रले पार्टी एकताका बिषयमा आन्तरीक धारणा तय गर्न सोमवार केन्द्रीय कार्यलयको बैठक बोलाएको थियो भने नेकपा एमाललेले शुक्रकार केन्द्रीय समितिको बैठक डाकेको छ । दुबै दलले आफ्ना आन्तरीक धारणा तय गरेपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने माओवादी केन्द्रका एक नेताले बताए ।

पार्टी एकता संयोजन समितिको बैठकमा एकीकरणका एजेण्डा र पद बाँडफँडको विषयमा छलफल हुने बताइएको छ । सो बैठकले पार्टी एकताको थालनी गर्ने बिश्वास नेताहरुले लिएका छन् ।