साउदी, ६ पुस । साउदी अरबको सरकारले त्यहाँका महिलालाई सवारी चालनको अनुमति दिएको निर्णयलार्ई त्यहाँका महिलाले स्वागत गरेका छन् ।

woanसाउदी अरेबियाको ट्राफिक कार्यालयले हालै मात्र महिलाहरुलाई पनि सवारी साधन चलाउन पाउने सवारी अनुमतिपत्र दिने निर्णय गरेको थियो । उक्त निर्णयको साउदी अरबका महिला अधिकारवादीहरूले स्वागत गरेका बताइएको छ ।

सन् २०१८ को मध्येतिरबाट यो अधिकारको कार्यान्वयन गर्न पाइने बताइएको छ । साउदी राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरूलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिएका थिए । सोही निर्देशनका आधारमा गत हप्तामात्र यो निर्णय भएको हो ।

यसअघि भने उनीहरूलाई सवारी साधन चलाउन अनुमति थिएन । साउदी अरबमा अधिकारवादीहरू तथा विशेष गरेर महिला अधिकारकर्मीले पुरुषले सरह नै महिला पनि सवारी चालक बन्न पाउनुपर्ने मागगर्दै विगत लामो समयदेखि सरकारलाई दबाब दिँदै आएका थिए । राससरसिन्ह्वा