काठमाडौं ५ पुस ।काठमाडौंको टोखामा दिनदहाडै गोली चल्दा एक महिला गम्भीर घाइते भएकी छिन ।राजधानीको टोखास्थित झोर महांकाल १ मा बुधबार दिउँसो गोली चलेको हो ।

जंगलतिरबाट अज्ञात व्यक्तिले चलाएको गोली लागेर दुर्गा चूडाल नाम गरेकी महिला घाइते भएको प्रहरीले जनाएको छ । गोली के कारणले चल्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते महिलाको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।