इन्द्रेणी संवाददाता
दाङ ५ पुस । दाङ बाट प्रतिनिधि सदस्यमा अत्याधिक बहुमतले निर्वाचित भएका बर्तमान उपप्रधानमन्त्री महरा आफ्ना मतदाताहरुलाई भेट्न दाङ आइपुगेका छन् ।आफु दाङबाट निर्वाचित भएपछी बिजयी जुलुसमा सहभागी भएर राष्ट्रिय राजनीतिमा नयाँ चहलपहल आए पछि राजधानी पुगेका मन्त्री महरा राजधानीको राजनीति मिलाएर दाङ आइपुगेकाहुन् ।

mahara12

आफु चुनाव लड्दै गर्दा दाङ क्षेत्र नं २ का मतदाता हरुलाई आफुले गरेका प्रतिबद्धता पुरा गर्न र प्रत्येक गाउँ र टोलका वास्तविक समस्या तथा मागहरु सुन्न महरा प्रत्येक मतदाताहरुको घरघरमा पुग्ने बताएका छन् ।

mahara13

देशमा बिध्यमान लामो समय सम्मको संक्रमण पछि अब विकासले नयाँ गति लिने भन्दै उपप्रधानमन्त्री महराले आफु अब राजधानीमा भन्दा बढि आफ्नै मतदाताहरुको गाउँघरमा बिताउने बताए । आज दिउँसो दाङ आइपुगेका महरा भोली देखि मतदाताहरुको गाउँघरमा जानेछन ।