पर्सा, ५ पुस । बीरगञ्जको सुपर ग्याँस उद्योगमा लागेको आगो नौ घण्टापछि नियन्त्रणमा आएको छ । वीरगन्ज महानगरपालिका २२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा लागेको आगो आफै निभेको हो । बुधबार विहान ६ बजेदेखि लागेको आगो दिउँसो करिब ३ बजे आफै निभेको थियो।

fire birjungप्रारम्भिक अनुमानअनुसार बुलेटबाट ग्यास लिक भएर आगो बलेको हो । आगो निभाउने क्रममा दुई जनाको ज्यान समेत गएको छ । त्यस्तै वारुण यन्त्र चालक अरुणकुमार महतो र फायरम्यान सञ्जीवकुमार नेपाल घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पुर्‍याइएको छ । मृतक दुवैको खनाखत भइसकेको छैन ।

Birgung_gas_aago