पर्सा, ५ पुस । वीरगञ्जस्थित सुपर  ग्यास उद्योगमा आगलागी हुँदा दुईजनाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको हो ।

fire birjungज्यान गुमाउनेको पहिचान नखुलेको प्रहरीले जनाएको छ । आगलागीमा परी तीनजना घाइते भएका छन् । त्यहाँ रहेका अमिकाप्रसाद पटेल र वारुणयन्त्रका कर्मचारी सन्दिप नेपाल घाइते भएका र दुवैजनाको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ । घाइते एकजनाको पनि परिचय खुलेको छैन । आगो नियन्त्रणभन्दा वाहिर गएको छ ।