गोविन्द खड्का
घोराही, २ पुस । दुई तिन लाईन बसेर कारोवार गर्न सकिने गरी घरेलु शिल्पकलाको खाली जमिनमा फुट्कर व्यापारीलाई थन्काईयो । त्यसपछि मुखमा झिंगा बुझो लागेजस्तो तुलसीपुर चोक घोराहीमा बिहानै बस्ने सडक व्यापारे हटे ।
उपाए नभएर सडक कब्जा गर्नुपरेको कारण देखाउने सागसब्जी तथा तरकारी व्यवसायी सर्दा साँचै परिवर्तन देखिएको थियो । नव निर्वाचित जनप्रतिनिधिहरुले पनि हौसिने अवसर पाएका थिए । ‘हाम्रो गतिलो प्रयासलाई नजर लाईदिनु प¥यो’ घोराही १५ का सदस्य एवं बजार व्यवस्थापन समितिका संयोजक दिलिप कुमार डिसीले त्यसबेला भन्नुहुन्थ्यो । ‘अब बजारमा जथाभावि कुनै कारोवार गर्न पाईदैन ।’ घोराही टाउन प्लान विकास समितिका अध्यक्ष समेत रहनुभएका डिसिले भने जस्तै विहानको बजार तुलसीपुर चोक बाट स¥यो । अन्यत्र भने खास्सै फरक देखिएन ।

यति बेला तुलसीपुर चोक घोराही बाट पुर्व जाने बस अडिने स्थान, नेपाल बैकको अघिल्तीरको सडक पेटि, शहिद गेट नजिकका गाडि मोडिने स्थान, र दामोदर चोकका घरका पेटिहरुमा व्यापार भैरहेको छ । त्यस बाहेक बजार भरी ठेला गुडाउने र बेच्दै हिड्नेहरु प्रशस्त छन् । उनिहरु मध्य धेरैले बदाम सुन्तला र केराका बोक्रा राख्ने डस्टिविन समेत व्यवस्था गरेका छैनन् । ‘दर्ता नभएका ठेलाहरुले नियम उल्लंघन गरेका छन्’ संयोज डिसिले भन्नुभयो, ‘धेरेलाई उपमहानगरपालिका लगेर जरिवाना गरीएको छ ।’ उहाँका अनुसार विनादर्ताकालाई प्रतिबन्ध लगाउनुको विकल्प छैन । जसले हाम्रो बजार कुरुप बनाएर भाग्ने गरेका छन् । संयोजक डिसिले निवर्तमान कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटाको शैलि अहिलेकाले पच्छयाउन जरुरीरहेको बताउनुभयो । सबै एकजुट र कडाईका साथ नगए सम्भव छैन ।
उहाले भने जस्तै असम्भव दृश्य घरेलु शिल्पकलामा सम्याईएको स्थानमा देखन सकिन्छ । थोरै जना मात्र दिउसोमा बसेर व्यापार गर्छन् । अरु सबे बजार भरी छितरीएका हुन्छन् । बिहान बाहेक दिउसोको समयमा प्रभाव परेको देखिन्न । बजार व्यवस्थाको शुरुवात विहान गाउबाट आउने सोझाहरुबाट गरेपनि दिनभरी कराउदै हिड्नेले मेट्ने गरेका छन् । अबस्था उस्तै देखिदा जग पुरीनै पाएन । जनप्रतिनिधि आएपछि पनि बजारमा अपेक्षित व्यवस्थापन हुन सकेन ।
सर्टर अगाडि लगेर ठेलामा सामान बेच्नेहरु प्रति दाङ उद्योग वाणिज्य संघले पनि कडा आपत्ती जनाएको छ । संघका अध्यक्ष नारायण भुषालले कुनै निर्देशन, कानुन नपर्खेर तत्काल हटाउन उपमहानगरपालिकालाई आग्रह गनुृभएको छ । ‘सटरमा बसेको हेरी रहन्छ । सडकमा फिज्नेले कमाई गरेको देखिन्छ । कसरी भाडा तिरेर बस्ने ?’ अध्यक्ष भुषाालले भन्नुभयो, ‘यसरी दर्ता गरेका व्यवसायीलाई भाग्ने अबस्था सिर्जना गरीएको छ । तुरुन्त उपमहानगरपालिकाले पहल गरोस् ।’ त्यसो नगरीए संघले पनि आवश्यक कदम चाल्ने बताउनुभयो ।
बजार व्यवस्थापनको जग हालेको केहि समयमै प्रतिनिधी र प्रदेश सभाको चुनाव आयो । जोर जुलुम गरी भोट कमाउने सिजन थियो । जनप्रतिनिधिहरुले बजार व्यवस्थापन बाट ध्यान चुनावमा मोडे । त्यति बेला कसैलाई पिडा दिए भोट घट्न सक्थ्यो । त्यस संगै व्यस्त पनि भए । जनप्रतिनिधि आएपछि कर्मचारीहरुले गर्दै आएका बाहिरीकाम ह्वाङै छोडेर हुलुकुा भएका छन् । कर्मचारीले विस वर्ष सम्म बोकेको भारी बिसाएको महशुस गरेका छन् । त्यसले गर्दा बजारमा छित्रेका सडक व्यापारीलाई एकत्रित गर्ने अभियान ठप्पै रोकियो । जनप्रतिनिधि नहुदाको अबस्थामै बजार फर्कियो । पैदल यात्री हिड्न नमिल्ने गरी फलफुल तरकारी वेच्नेले अबरोध गरे । ठेला तथा रिक्साहरु सडक दुर्घटना पार्ने गरी चोक चोकमा पार्किङ भए ।
बोक्रा खसालेको देख्यो नै झम्टिन आ“ट्ने वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक एवं घोराही १४ का अध्यक्ष शक्तिराम डाँगी निरन्तर लाग्ने बताउनुहुन्छ । वडा नागरीक मन्चको संयोजक बाट शुरु भएको अध्यक्ष डागिको सरसफाई अभियान निर्वाचित वडा अध्यक्ष हुदा पनि टुटेको छैन । बरु मासु सफा स्वच्छ हुनुपर्छ, झिंगा भन्किने गरी टंगाएको मासु बेच्न पाईदैन भन्दा मुख्य अदालत पुगेर व्यवसायीले मासु बेच्न रोक लगायो भनेर मुद्धा दिए । आफ्नो अभियानमा कहिल्यै नहार्ने डागि बताउनु हुन्छ । तुलनात्मक रुपमा घोराही १४ सफा देखिन थालेको छ । ठेला तथा रिक्सा व्यवसायी पनि थितिमा बसेका छन् । बदाम खादा समेत बोक्रा आगोमा हाल्न सल्लाह दिन्छन् । सुन्तला तथा अन्य वोक्रा र प्लाष्टिकका खोल बाहिर फ्याक्नै पाईदैन । रिक्सा तथा ठेलाको लागि बालमन्दिर नजिक व्यवस्था गरेको डाँगीले जानकारी दिनुभयो । तर, शुरुवात गरीहाल्न अध्यक्ष डाँगीलाई पनि सजिलो छैन ।
कडाई गरीएकै कारणले होला नगल्ने फोहर ११ दिन सम्म घरभित्रै राखेको घोराही १४ राप्ती टोलका विश्वराज न्यौपानले सुनाउनुभयोे । समयमा गाडि नपुग्दा भित्र राखेर संकलित फोहर गल्ली बाहिर निकाल्नु भएको थिएन । उहा जस्तै सबैजसोले सित्ती सडकमा फोहर फाल्दैनन् । बैंक रोड क्षेत्रमा तिनदिन बजार बन्द गरेपनि व्यवसायीले प्लाष्टिक एवं अन्य कचेरा बाहिर फाल्दैनन् । छिछि घिन घिन गर्दै हिड्नु पर्ने सडक तथा गल्ली लगभग छैनन् पनि ।
व्यवस्थित शहर मुख्य एजेण्डा रहेको घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्ध्याल न्योपानेले जानकारी दिनुभयो । उहाले वातावरण संयोजक शक्तिराम डागिको संयोजकत्वमा कार्यविधि बनाउनलागेको बताउनुभयो । उहाका अनुसार फोहर मैला व्यवस्थपान ऐन २०६८ मा टेकेर कार्यविधि बनाउन लागिएको छ । चाँडै कार्यपालिका बाट पारीत गरी कार्यान्वयन गरीने छ ।
त्यसपछि गतिलो संग बजार व्यवस्थापन हुने छ । बजार व्यवस्थानपन गर्न घरेलु शिल्पकलामा थालिएको अभियानले पुर्णता पाउनेछ । बजार व्यवस्थीत र सुन्दर हुने छ । न्यौपानेले भनिरहदा घोराही उपमहानगरपालिकाका पुर्व कार्यकारी अधिकृत तुफान सिंह केसिको निर्देशनमा ईन्जिनियर रामधन श्रेष्ठले नेतृत्व गरेको वातावरण शाखा अधिकृत सुवोध रेग्मी, सुचना शाखाका प्रेम केसी, प्राविधिक विरवहादुर वलि लगाएतले हटाएका झयाङ ठडिन लागेका छन् । बजारमा सर्टर बाहिर गा“सेका भान्साहरु थपिन लागेका छन् । उसतै गरी डोजर टिप्पर लगेर नियम विपरीतका संरचना भत्काउने हो कि कुरा मात्रै ? हेर्न बाँकी छ ।










