शरद रेग्मी
तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघको २४ औं साधारण सभा एवं रजत महोत्सवका अवसरमा आज शनिवार राप्ती अञ्चल अस्पतालमा सरसफाई अभियान सम्पन्न गरेका छ ।
विगत एक महिना देखि राप्ती अञ्चल अस्पतालमा जारी नमूना सरसफाई अभियानमा हातो मालो गर्न अस्पताल परिसरमा पुगेर उद्योगी, व्यवसायीहरुले सरसफाई गरेका हुन । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतको नेतृत्वमा सरसफाई अभियान सम्पन्न भएको हो ।
यता तुलसीपुर उद्योग वाणिज्य संघले आईतवार विहान दश वजे संघको सभाहलमा रजत महोत्सव , संघका गतिविधि र तयारीका वारेमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्न लागेको संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिए ।
रोट्रयाक्ट क्लव अफ तुलसीपुरको मुख्य आयोजनामा एक सय दिनको सरसफाई अभियान राप्ती अञ्चल अस्पतालमा जारी रहेको छ । नमूना सरसफाई अभियान अन्तरगत पूर्ण सरसफाई, मर्मत संभार , पुष्प क्यारी , बृक्षारोपन तथा अस्पताललाई आकर्षण बनाउने अभियान अन्तरगत प्रत्येक शनिवार अपरान्ह चार वजे देखि अभियान थालिएको क्लवका अध्यक्ष सचिन पौडेलले जानकारी दिए ।