इन्द्रेणी डेस्क
दाङ, २ पुस । मुलुकले पहिलो पटक संघीय संरचनाको अभ्यास शुरु गर्दै गर्दा अहिले कुन प्रदेशको राजधानी कहाँ होला ? मुख्य मन्त्री को बन्ला ? केन्द्रीय सरकार कस्तो र कस्को नेतृत्वमा बन्ला जस्ता धेरै कुराहरु सबैको खुल्दुलीको विषय बनेको छ ।

beljhundi1

यस्तै क्रममा अहिले प्रदेश नम्बर ५ को राजधानी कहाँ हुने विषय पनि धेरै चर्चामा आएको छ । कसैले भनिरहेका छन् दाङ, कसैले अनुमान गरेका छन् बुटवल त कसैले रुपेन्देही । अहिलेसम्म संसदसम्म दाङलाई प्रदेश नम्बर ५ को प्रादेशिक राजधानी बनाउने प्रस्ताव समेत पुगेको छ ।

भौगोलिक सुगमताले होस् या राजधनी बन्नका लागि सबैभन्दा महत्वपूर्ण पक्ष सुरक्षाको दृष्टिकोणले दाङ अत्यन्त उपयुक्त मानिएको छ । पाँच नम्बर प्रदेशमा पर्ने पूर्वी रुकुम, रोल्पा, बाँके वर्दिया, प्युठान, अधाँखाची, गुल्मी, कपिलवस्तु र नवलपरासीको केन्द्रविन्दुको रुपमा रहेको दाङ भएकाले यो राजधानी बन्न लायक रहेको सबैको ठम्याइ छ । अझ भन्दा यहाँ हावापानी अत्यन्त अनुकुल मानिन्छ । जाडोमा खासै जाडो हुदैन भने गर्मीको समयमा पनि त्यस्तो गर्मी हुदैन ।

kirsibikasbank2भारतको सीमा क्षेत्रबाट टाढा छ भने राजधानी बन्नका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि प्रसस्त सरकारी जग्गाहरु छन् दाङमा । हामीलाई थाहा छ भौतिक पूर्वाधार अत्यन्त आवश्यक हो । यसका लागि प्रसस्त ठाउँ आवश्यक पर्छ । आवश्यक जग्गा खरिदमा मात्रै अरवौं खर्च हुन सक्छ तर त्यो दाङमा छैन । मात्रै सरकारकै मातहतमा रहेका जग्गामा भौतिक संरचना बनाउन सकिने अवस्था छ । यसले पनि दाङलाई प्रादेशिक राजधानी बन्ने आधार रहेको मानिन्छ । नेताहरु त भन्ने गर्दछन् झन दाङ काँचो माटो हो रे यसलाई जस्तो पनि बनाउन सकिन्छ । यहाँ त्यो सम्भावना रहेको छ । यी र यस्ता आधारहरुलाई हेर्ने हो र तलदेखि माथिल्लो तहसम्म मनन गर्न सक्ने हो भने प्रदेश नम्बर ५ को राजधानी दाङ नै बन्ने देखिन्छ । यहाँ राजधानी बन्दा यो प्रदेशका जनतालाई न्याय पनि हुने यहाँका नागरिक अगुवाहरु बनाउछन् ।

राजधानी बन्नेमा उपप्रधानमन्त्री महराको तर्क यस्तो छ :

mahara.

दाङ प्रदेश नम्बर ५ को राजधानी बन्छ । किन भने यहाँ राजधानीका लागि आधारहरु धेरै छन् । म यति भन्छु कि दाङ भौगोलिक दृष्टिकोणले १२ वटा जिल्लाको ठिक मध्यभाग हो, दाङ भौगोलिक सुगमता भएको जिल्ला हो, दाङ प्रसस्त सरकारी जग्गा तथा भौतिक संरचना भएको जिल्ला हो जुन राजधानीका लागि आवश्यक छ उपप्रधानमन्त्री कृष्णबहादुर महराको भनाइ छ ।
त्यस्तै सुरक्षाका हिसावले पनि उपयुक्त जिल्ला हो । छिमेकी सिमानादेखि दुरिगत हिसाबले टाढा एक छुटै उपत्यका हो । वातावरणीय दृष्टिकोणले न धेरै गर्र्मी न धेरै चिसोको डर भएको जिल्ला यो हो । त्यसैले पनि दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउदा ५ नम्बर प्रदेशका जनतालाई न्याय हुन्छ । तर ५ नम्बर प्रदेशको राजधानी यादाचित वुटवल अथवा अरु कुनै ठाउँ लगियो भने यो प्रदेशमा रहने १२ जिल्लाका जनताको न्यायका लागि हुने छैन त्यो केवल सिमित ब्यक्तिको स्वार्थ पुरा गर्नका लागि हुनेछ ।

रोल्पावासी के भन्छन् : प्रदेश नम्बर पाँचको राजधानी दाङभन्दा विकल्प छैन । किन भने रोल्पाली जनतालाई हिजो पनि दाङ सहज थियो । अहिले पनि सहज छ । दाङ सेन्टरको हिसावले होस् या वातावरण र सुरक्षाको हिसावले राजधानी दाङ नै हुनुको विकल्प छैन ।

यहाँ राजधानी बन्नु भनेको रोल्पाली जनतालाई मात्रै होइन यो प्रदेशमा रहेका जनतालाई समेत न्याय हुने नेपाल पत्रकार महासंघ रोल्पाका पूर्वकोषाध्यक्ष एवं नागरिक अगुवा माधवकुमार ओली बताउछन् । ‘सुन्ने गरिएको छ अब बुटवल प्रदेश ५ को राजधानी बन्दै छ रे त्यो कदापी मान्ने हुदैन’ उनले भने, ‘राजधानी नेताका लागि होइन जनताका सहजताको लागि बन्नुपर्छ त्यो भनेको दाङ नै हो ।’

पूर्वी रुकुमवासी के भन्छन् : अहिले पनि वुटवल जान रुकुमवासीहरुलाई दुई दिन लाग्छ । यसलाई सुगम र सहज मान्न सकिदैन । दाङ हामी विहान गएर साँझ घर फर्कर्ने अवस्था छ त्यसले पनि राजधानी दाङ नै हुनुपर्ने रुकुमका रमेश बुढाको भनाइ छ । बुटवल बनाइयो भने यहाँका जनतालाई न्याय हुँदैन । यसो गरिए संघीयता संरचनामा रुकुमेली जनताले केन्दीय अधिकार संघीय सरकारबाट अनुभुति गर्न पाउने छैनन् ।

वर्दियावासीहरु के भन्छन्  : नेपाल पत्रकार महासघका कोषाध्यक्ष दिपक शर्माले बर्दिया यस क्षेत्रकै अन्न भन्डारको रुपमा परिचित भएपनि किसानले भोग्नु परेका समस्या, किसानले उत्पादन गरेका कृषि जन्य मामाग्री सस्तो मुल्यमा भारतमा निर्यात गर्नुपर्ने बाध्यता रहेको छ यसलाई चिर्नका लागी पनि प्रदेशको राजधानि दाङ भएमा स्थानीयस्तरमा उत्पादन भएका सामान स्थानीय स्तरमै वढी खपत भएपछि किसानलाई फेरि त्यही सामान किन्दा महगों सुल्क तिर्नुपर्देन र भारतबाट आउने गुणस्तरहिन सामानलाई विस्थापित गर्नका लागि बुटवल भन्दा दाङ राजधानी उपयुक्त हुने उनको भनाई छ ।

त्यस्तै नेपाल वार एसोसीयसन बर्दियाका कार्यबहाक अध्यक्ष जंगबहादुर खडकाले सरकारले दाङलाइ ५ नम्वर प्रदेशको राजधानी बनाउने उदेश्यका साथ उच्च अदालत दाङमा नै राखिसकेको हुदा यसको विकल्प नभएको बताए ।

बाँके के भन्छ : भौगोलिक रुपमा दाङसँगै जोडिएकाले पनि होला बाँकेले दाङलाई राजधानीका रुपमा सहजै स्वीकार्ने अवस्था छ । यहाँ का स्थानीहरु वुटवल भन्दा दाङ नै राजधानी राम्रो हुने तर्क पेस गर्दछन् । पत्रकार महिला अमृता केसी आफ्नो फेसवुक स्टाटसमा लेख्छन्, ‘ प्रदेश नम्बर ५ को राजधानी बुटवल बनाउने भन्ने कुरा चित्त बुझेन है, मलाई त बरु दाङ्ग नै उपयुक्त छ भन्नेहरु एकजुट हौ त……।’

के भन्छन् प्युठानवासी : दाङ पहिलो प्राथमिकता हो । दाङमा प्युठानिको घर बसोबास, काठमाडौं पछि अध्ययनका लागि, बिबाह सम्बन्ध समेत रहेकाले दाङ राजधानी बन्दा फरक पर्दैन । तर वुटवल पनि रानधानीको विकल्प भएको नागरिक अगुवा विजयकुमार श्रेष्ठको भनाइ छ ।

यसो भन्छन् दाङवासी : राजधानी बन्नका लागि दाङमा केही कमी छैन । सुरक्षा, सुगमता, सबैको सेन्टर, भौतिक पूर्वाधार, बातावरणलगायत राजधानीका लागि आवश्यक यावत कुराहरु दाङमा प्रसस्त छन् । त्यसैले दाङ प्रदेश नम्बर ५ को राजधानी बन्छ । हुनुपर्छ । बनाइनुपर्छ ।
अझ बन्दा दाङ प्रदेश नम्बर ५ को राजधानी मात्रै होइन मुलुककै राजधानीलाई धान्ना सक्ने स्रोत साधन भएको वादी गर्दछन् नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन ।

अघाँखाचीहरु के भन्छन् :  ‘नजिक र सहजताका हिसावले हामीले त वुटवल राजधानी बन्नुपर्छ भन्नु स्वाभाभिक पनि हो तर दाङ बन्दा पनि खासै फरक पर्दैछ’ पत्रकार राधिका नेपाली भन्छिन्, ‘तर सबैको मानसिकता दाङ बन्ने भयो भन्ने भएको छ ।’

kirsibikasbank1