काठमाठौं, २ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको गठन नगरी सरकार हस्तान्तरण नगर्ने बताएपछि नेकपा एमाले र माओवादी केन्द्रले आज संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना धारणा सार्वजनिक गरेको छ ।

kP_oli_prachanda_with_others_leaders_press_meet-5a3640b7971a24.29973947पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनमतको सम्मान नगरेको भन्दै आपत्ति जनाए । ‘वर्तमान सरकार जनताले दिएको जनमतको अपमान गर्दै लोकतान्त्रिक मान्यता विपरित अगाडि बढेको छ’ अध्यक्ष ओलीले भने, ‘जनताले दिएको मतको सम्मान गर्दै सरकारले नयाँ सरकार गठबनको मार्ग प्रशस्त गर्नुपर्छ ।’

उनले वाम गठबन्धनलाई अगाडि बढ्ने अधिकार जनताले दिएकाले यो प्रक्रियालाई कसैले रोक्न समेत दावी गरे । ओलीले निर्वाचनको मतपरिणाम आइसकेको अवस्थामा सरकारले सरुवा, बढुवा, नियुक्ति गरेर लोकतान्त्रिक मान्यता विपरित गतिविधि सञ्चालन गरेकोप्रति समेत आपत्ति जनाए ।

पार्टी एकताको फरक प्रशंगमा अध्यक्ष ओलीले एमाले माओवादी पाटी एकीकरण छिट्टै हुने भन्दै त्यो समय धेरै टाढा नभएको बताए । एकीकरण भएपछि पाटी अध्यक्ष को हुने भन्नेमा विवाद नभएको ओलीले बताए । ओलीले भने, ‘मलाई अध्यक्ष चाहिने भए म पनि अध्यक्ष छु । प्रचण्डजी पनि अध्यक्ष हुनुहुन्छ । हाम्रो ध्यान अध्यक्षतिर भन्दा पनि देशले भोगिरहेको समस्या र समाधानतिर छ, जनताको इच्छा आकाक्षा पुरा गर्नेतिर छ । पद ठूलो कुरो होइन छलफल गरेर निर्णयमा पुग्न सकिन्छ ।’