रसुवा, २८ मंसिर । उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री दिन प्रतिदिन नेपाल भित्रने क्रम बढेपछि एक अर्बको हाराहारीमा राजस्व असुली भएको छ ।

raaप्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार कपडा, जुत्ता, बच्चाको खेलौना, इलेक्ट्रिक सामग्री, स्याउलगायतका वस्तु आयात बढ्न थालेको र स्याउतर्फ ३० देखि ३५ एवम् अन्य सामग्री बोक्ने १५ देखि २५ ओटा कन्टेनर दैनिक नेपाल भित्रने गरेका छन् । विगतको तुलनामा आयात केही वृद्धि भएको छ ।

सरदरमा दैनिक रू। एक करोड राजस्व असुली गरिरहेको रसुवा भन्सार कार्यालयले चालू आवको यस अवधिमा ९९ करोड ८५ लाख राज्यकोष दाखिला गरिसकेको प्रमुख भन्सार अधिकृत कोइरालाले बताए । भन्सार परीक्षणको कार्य पनि छिटो छरितो भइरहेको बताइएको छ । रासस