दार्चुला, २८ मंसिर। काममा खटिएका म्यादी प्रहरीको बुधबार बेलुका लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नं २ सुण्डमुण्डका १९ वर्षीय रवीन्द्रसिंह ठगुन्नाको रहेको प्रहरीले जनाएको छ ।
नौगाडकै दल्लेख प्रहरी चौकीबाट हवल्दारको नेतृत्वमा बुधबार पनखायातिर गस्ती गएका बेला टोलीमा रहेका ठगुन्नाको लम्पानी भन्ने ठाउँमा लडेर मृत्यु भएको हो ।











