दाङ, ५ असा
३ दिने भित्ते पत्रिका प्रकाशन तालिम धर्नामा सम्पन्न भएको छ । पत्रकार महासंघ दाङको आयोजना एवं जिल्ला विकास समिति दाङको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अजयदीप शर्माले समाज परिर्वतनका लागि पत्रकारीकाले सहयोग पु¥र्याउने वताउँनुभयो ।feature

प्रमुख अतिथी शर्माले धर्नामा हुन लागेको वालमैत्री गाविस घोषणाका लागि महासंघले आयोजना गरेको भित्ते पत्रिका प्रकाशन तालिमले सहयोग गर्ने उल्लेख गर्नुभयो ।

वालवालीका समाज रुपान्तरका खम्बा रुपमा रहेको भन्दै शर्माले गाउँ गाउँका बालवालिकाको अधिकार स्थापित गर्नका लागि समाजका सबै व्यक्ति लाग्नु पर्ने वताउँनुभयो । प्रमुख अतिथी शर्माले तालिममा पत्रकार, गीतकार, हाँस्य व्यङ्य, राजनैतिक रुपमा दख्खल राख्ने बालवालिकाको उपस्थिती रहेको भन्दै त्यसलाई निरुनतरता दिनुपर्ने उल्लेख गर्नुभयो ।

यस्तै कार्यक्रमम बोल्दै तालिम प्रशिक्षक नरेन्द्र केसीले अन्तराष्ट्रिय स्तरमा बालवालिका पक्षमा भएको सम्झैता कार्यान्वयन गरे मात्र पनि सबै बालवालिकाले अधिकार पाउँने वताउनुभयो । केसीले अव स्थानिय निकायमा आउँने दोब्बर भएर आउने बताउँदै त्यसमा पनि बालवालिकाको बजेट बढाउँन स्थानिय निकायलाई घच्घच्याउन आग्रह गर्नुभयो । कार्यक्रमम बोल्दै तालिमका सहभागि मोनिका धितालले ३ दिने भित्ते पत्रिका प्रकाशन तालिमले आफुहरुको क्षमता विकासमा सहयोग पु¥याएको उल्लेखगर्नुु भयो ।

धितालले वालवालिकाको अधिकार स्थापित गर्नका लागि गाउँ गाउँमा भित्ते पत्रिका प्रकाशन गर्ने उल्लेख गर्दे त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभयो । तालिमका अर्का सहाभागि लिला विकले ३ दिने भित्ते पत्रिका प्रकाशन तालिमले गर्दा आफुहरु भित्ते पत्रिका प्रकाशन गर्न सफल भएको वताउँनुभयो । तालिमले अप्ठेरोमा परेका बालवालिकाका अधिकार स्थापित गर्नका लागि सहयोग पु¥र्याउने वताउनुभयो ।

पत्रकार महासंघ दाङका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण महासंघका सदस्य एवं तालिम संयोजक जनक नेपालीले गर्नुभएको थियो । तालिमको प्रशिक्षकमा नरेन्द्र केसी, जे.एन. सागर र सन्तोष सुवेदी रहनु भएको थियो ।