घोराही, ४ असार । प्रेस सेण्टर नेपाल दाङको पदाधिकारी बैठक शनिवार घोराहीमा सम्पन्न भएको छ । सेण्टरका अध्यक्ष डिल्ली मल्लको अध्यक्षता एवं सेण्टरका केन्द्रिय सचिवालय सदस्य अजयदीप शर्माको प्रमुख आतिथ्यता तथा केन्द्रिय सदस्य गणेश वलीको विशेष उपस्थितिमा बसेको बैठकले संगठनको कोष तथा खाताको समिक्षा गरेको छ । बैठकमा क्रान्तिकारी पत्रकार संघ र महासंघबीच एकता हुनुभन्दा पहिलेको आर्थिक अबस्था र आगामी कार्यक्रमको विषयमा समिक्षा गरिएको थियो ।
बैठकमा सेण्टरका अध्यक्षत तथा तत्कालिन संघका अध्यक्ष डिल्ली मल्ल र वर्तमान वरिष्ठ उपाध्यक्ष तथा तत्कालिन महासंघका अध्यक्ष प्रकाश चौधरीले विगतका गतिविधि प्रस्तुत गर्नुभएको थियो । बैठकमा अध्यक्ष मल्लले संगठनलाई व्यवस्थित गर्नका लागि विभिन्न विभाग गठन गर्ने प्रस्ताव गर्नुभएको थियो । संगठनको आगामी असार ११ गते शनिवार घोराहीमा बस्ने जिल्ला कार्य समितिको पूर्ण बैठकले विभाग गठन गर्ने सेण्टरका सचिव पाण्डव शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार प्रेस सेण्टरलाई ग्रामीण तहसम्म पु¥याउँन गाउँ गाउँमा जनसरोकारका कार्यक्रम गरिने छ । सेण्टरको तर्फबाट यहि असार मसान्तभित्र गाउँमा श्रमदान गर्ने तयारी भएको शर्माले जानकारी दिनुभयो ।
बैठकमा बोल्दै प्रमुख अतिथि प्रेस सेण्टरका केन्द्रिय सचिवालय सदस्य अजयदीप शर्माले संगठनलाई व्यवस्थित र प्रभावकारीरुपमा सञ्चानका लागि स्पष्ट योजना तयार गर्नुपर्ने बताउनुभयो । उहाँले संगठनलाई आन्तरीक र सांगठनिक रुपमा चुस्त दुरुस्त बनाउनुपर्ने तथा आवाजविहिनका आवाजनहरुलाई बाहिर ल्याउन ग्रामीण क्षेत्रमा पुग्न निर्देशन दिनुभएको थियो ।