इन्द्रेणी संवाददाता

विप्लव  माओवादीले एनसिलमाथि भएको कार्वाही न्योचित तथा जनचाहाना अनुसार  भएको दावी गरेको छ,। नेपालको सरकारी दलालहरुको मिलेमतोमा एनसीलले नागरिकमाथि चरम आर्थिक दोहन गरेकोले माओवादीले कार्वाही गरेको दावी गरिएको  छ ।आज दाङको एक गोप्य स्थानमा भूमिगत शैलीमा भएको पत्रकारसंगको छलफलमा राप्ती व्यूरो इन्चार्ज आधारले भने यो युद्धको समय हो कि शान्तिको ? राज्यले गर्नुपर्ने न्योचित कारबाही सम्बन्धित पक्षबाट  नभए पछि शान्ति पूर्ण तरिकाले जनताले गरेको कारबाही लाइ राज्यले अतिरन्जित गरि देशलाई पुनः युद्ध तर्फा धकेल्न थालेको कुरा जिकिर गरे ।

13479743_1143779375661774_2039508453_nउक्त पत्रकार सम्मेलनमा एक  प्रेश विज्ञप्ती जारी गर्दै आधारले भने -” भ्रष्ट र दलाल हाम्रो  पहिलो निशाना हुनेछ।” विज्ञप्तीमा भनिएको छ – ” एनसिलले ४३ अब कर नतिरी राज्यलाई ठगी गरिएकोले जनकार्वाही गरिएको उसको दावी छ, सरकारी दलालहरुको मिलेमतोमा कर ठगी गरिएको छ, जसको हामि संग्गा प्रस्ट प्रमाण छ  ।”

ठगी गरेको तथ्य प्रमाणका आधारमा कार्वाही गरिएको माओवादीले जिकिर गरेको छ। जनतामारा एनसीलमाथि जनकार्वाहीको निहँुमा  आफ्ना कार्यकर्तामाथि भएको ज्यादतीको भ्रत्सर्ना गरिएको छ । दलाल, तस्करी, कालाबजारी, भ्रष्टचारीहरुको संजाललाई अप्रत्यक्ष रुपमा सरकारले साथ दिएको माओवादीको विज्ञप्तीमा उल्लेख गरिएको छ ।