काठमाडौं, मंसिर १६ । प्रहरीले राजधानीको बालाजु बाइपासबाट अवैध १० किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । रसुवाको केरुङ नाका हुँदै अवैध रुपमा काठमाडौ ल्याउँदै गरेको १० किलो सुनसहित सिन्धुपाल्चोकका फूलसिंह तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

utsargkalakendra

लामाले मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर उक्त सुन काठमाडौं ल्याउँदै गरेको काठमाडौं प्रहरीले जनाएको छ । सुरक्षा संयन्त्र निर्वाचन सुरक्षामा केन्द्रित भएको मौका छोपेर तामाङले चीनको केरुङ नाका हुँदै सुन काठमाडौं भित्र्याएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।