इन्द्रेणी संवाददाता
सल्यान, ४ असार
सल्यानमा यात्रुवाहक वसमा आक्रमण हुँदा चालक घाइते भएका छन ।
रुकुम यातायात प्रालिको डिलक्स बसमा दाङ सल्यानको सिमाना धनवाङ ७ चोरखोला सल्यान नजिक अज्ञात समूहले समयमा ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।
ढुंगा प्रहारबाट नेपालगञ्जबाट रुकुमका लागी छुटेको ना ५ ख १८३४ नम्बरको बसका चालक जिवराज विक घाइते भएका हुन् ।
यात्राको लागी भौगोलिक अवस्थाले जोखिमपूर्ण मानिने तुलसीपुर कपुरकोट सडक खण्डको चोरखोला भन्ने स्थानमा भएको आक्रमणमा उहाँको टाउकोमा चोट लागेको छ ।
टाउकोमा ५ वटा टाँका लगाएको प्रकरी चौकी कपुरकोटका इन्चार्ज झक बहादुर कवरले जानकारी दिनुभयो । अज्ञात समूहले सडक माथीबाट ढुंगाले प्रहार गर्दा चालक विकको टाउकोमा लागेको थियो ।।
