इन्द्रेणी संवाददाता
देउखुरी, ४ असार ।
देउखुरीका दुई स्थानमा व्यवस्थित अटो भिलेज निर्माणका लागी पहल थालिएको छ । राप्ती अटो ईञ्जिनियरिङ्ग एशोसीयसन शाखा कार्यालय लमहीले देउखुरीको भालुवाङ र लमहीमा अटो भिलेज निर्माणको लागी पहल थालेको हो ।
दैनिक हजारौं सवारी साधन आवतजावत गर्ने पूर्व पश्चिम महेन्द्र राजमार्गमा राजमार्ग किनारमा वर्कशप स्थापना गरिएका छन् । वर्कसप राजमार्ग किनारमा हुदा अब्यवस्थित र कुरुप नगर देखिने गरेको सरोकारवालाहरु वताँउछन ।
वर्कसपहरु छरिएर रहेका छन भने त्यसवाट निस्कने फोहरलाई ब्यवस्थापन गर्न सकिएको छैन् । लमहीमा मात्रै ६० वढी अटो पसल छन् । भालुवाङमा नगरविकास समितिसंग अटो भिलेज स्थापनाका लागी निर्माणाधिन वसपार्कको क्षेत्र छनोट गरिएको छ ।।
