गोविन्द खड्का
घोराही । शोरुमका विधिवत उद्घाटन नहुदै टोयोटाकार बिक्री भएको छ । घोराहीका व्यवसायी लुम्विनि स्टोरका सन्चालक टिकाराम पन्थले ईनोभा क्रिष्टा जी दुई दशमलव एमपीभि टोयोटा कार बुधवार लैजानु भएको हो । गत भदौ देखि सन्चालनमा आएको राप्तिको अधिकारीक डिलर योगी एण्ड सन्स ईन्टरप्राईजेज घोराही बाट गाडि खरीद् गर्ने पहिलो व्यक्ति पन्थ बन्नुभएको छ ।

100_7021

‘यसलाई बेचेर हाम्रो फलिफाप भयो भन्ने होस्’ गाडिको चावि बुझ्दै व्यवसायी पन्थले भन्नुभयो, ‘गाडि किन्नुथियो, मजवुत र राम्रो टायोटा चढौ भनेर किनेको हु“ ।’ साईत मिलाएर पुग्नुभएका पन्थले गाडी सुट हुने आफ्नी श्रीमति कमला पन्थ र रंग सुट हुने नातिनी इशा पन्थ साथमा लैजानुभएको थियो । शोरुमका ध्रुर्ब  योगीले पुष्प गुच्छा तथा अविर टिका लगाएर विदाई गर्नुभएको हो । डिलरका सन्चालक नविन योगीले चावि हस्तान्तरण गर्नुभएको थियो ।

पारिवारीक मनोरन्जनका लागि इनोभाक्रिष्टा अब्बल मानिन्छ । सात जना सम्म चढ्न मिल्ने उक्त गाडि ६९ लाख ५० हजार देखि ९२ लाख ७५ हजार सम्म मुल्यको छ । यसमा चार वटा मोडल रहेको योगीको भनाई छ । फर्चुना गाडि एक करोड ३० लाख म्यानुअल र एक करोड ३६ लाख को अटोमेटिकमा रहेको छ । सबै जसो गाडिमा फोरह्रवील रहेको योगीले बताउनुभयो । उहाका अनुसार ग्राउण्ड क्लिेरेनस बढि भएकाले उपड खापड र ग्रावेल गरेका कच्ची सडकमा गुड्न सक्छ ।

नेपालका लागि अधिकारीक विक्रेता यूनाईटेड ट्रेडर्स  सिन्डीकेट प्रालिले पचास बर्ष अघि भित्र याएपनि दाङमा गत भदौ देखिमात्रै डिलर सन्चालनमा आएको छ । डिलरका सन्चालक नविन योगीका अनुसार ३५ लाख देखि तिन करोड ८६ लाख सम्मका गाडि विक्री गर्न सकिने व्यवस्था छ । यसै बर्ष सन्चालनमा ल्याउने गरी आधुनिक वर्कशप निर्माण कार्य थालेको बताईएको छ । गाडि लैजादै गर्दा पहिलो ग्रँहक पन्थले पार्टपुर्जा र वर्कसपका वारेमा जिज्ञासा राख्नुभएको थियो । केहि दिन भित्रै शोरुमको विधिवत् उद्घाटन गरी थप विकास गर्ने योगीले जवाफ दिनुभयोे ।

कार चढ्ने अधिकांशले सम्पर्क गरेको योगी एण्ड सन्स ईन्टरप्राईजेजका मनेजिङ डाईरेक्टर पवन योगीले जानकारी दिनुभयो । धेरैले गाडिको मुल्य रकम सोध्ने र वार्गेनिङ गरी फर्किने गर्नुभएको छ । धेरैको नजर शोरुममा परेको छ । महगो भएपनि बजार राम्रो देखिएको योगिको भनाईछ । योगाीका अनुसार ईटिवस लिभा र प्लाटीनम ईटिवस भर्खरै लन्च भएका पच्छील्ला उत्पादन हुन् । त्यस संगै हाईलक्स ८० लाख ५० हजार सम्मको छ । हाईस ६७ लाखको छ । त्यसमा एसि छ । त्यसैगरी एक करोड ८४ लाख देखि तिन करोड २३ लाख सम्मको चारवटा मोडलमा ल्याण्ड क्रुजर छ ।

एक करोड ६ लाख देखि एक करोड ३० लाख सम्मको ¥याभफोर गाडि छ । यसमा अटोमेटिक र मेन्युअल दुवैमा छ । व्यापारीक गाडिहरु प्राडो, क्रोला ईनोभा, इटिस लगाएतका टोयोटा गाडिहरु छन् । अहिले शोरुममा फर्चुनर र हाइलेक्स गाडि सटक छ । अरु जुनसुकै गाडि बुकिङ गर्न सकिने शोरुमले जनाएको छ । बुकिङ गरे जति सक्दो चाडो ल्याउन पहल गरीने योगीको भनाई छ । नेपालमा पाउने सबै मोडेलका गाडिहरु डिलरमा ल्याउन लागिएको योगीले जानकारी दिनुभयो । सेल्स सर्झिस र पार्टसको गतिलो सुविधा दिने योगीको भनाई छ ।