घोराही । चुनावी अभियानअन्तर्गत उप–प्रधानमन्त्री एवं दाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णबहादुर महराले जनयुद्धका शहिद परिवारलाई भेटघाट गरिरहेका छन् । उनले ढिकपुर स्थित शहिद टिकाराम चौधरीकी आमा कृष्णी चौधरीलाई भेटेका छन् । महराले कृष्णीलाई परिवारको अवस्थाको वारेमा बुझेका थिए ।
‘हामी छोराको सपना पूरा भएको हेर्न चाहन्छौं,’ कृष्णीले भनिन्, ‘तपाई चुनाव जितेर देशको विकास गर्नुहोला ।’ उनले छोराको सपना पूरा गर्नका लागि महरालाई आग्रह समेत गरिन् । कृष्णीले जित सुनिश्चित भएकाले महरालाई शुभकामना समेत दिइन् ।
महराले कृष्णीलाई आफू शहिदको सपना पूरा गर्न प्रतिवद्ध भएको बताए । उनले पछिल्लो दश वर्ष आफूले देशमा शान्तिप्रकृया र संविधान निर्माणमा ध्यान दिएको बताए । उनले अब दाङको विकासमा लाग्ने जानकारी दिए ।
